शीर्षकहरू

पिपुल्स पावरको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावरको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौँ । पिपुल्स पावर लिमिटेडको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २२ गतेदेखि बिक्री खुला गरेको ५० प्रतिशत हकप्रदमा आजसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयरको बिक्री खुलाएको हो । कम्पनीले आफ्नो ऋण भुक्तानीका लागि हकप्रद निष्काशन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

गत असार २ गते एकदिनका लागि कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनाका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगञ्ज,पोखरा, बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।