काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डाइमण्ड ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजरहरूलाई सम्मान गरेको छ । ग्रुपले श्रावण २४ र २५ गते टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर र एमडीआटी २०२६ लाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का रहेका थिए । उनले कम्पनीको भविष्य रणनीति र हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै सहभागीहरूलाई आगामी दिनको मार्गदर्शन प्रदान गरे ।
विशिष्ट अतिथिका रूपमा तालिम विभाग सुनिल कुमार आचार्य र कोशी प्रदेश प्रमुख मिलन दाहालद्वारा सहभागीलाई प्रेरणा दायी सन्देश प्रदान गर्दै एजेन्सी र बीमाको सम्बन्ध, आजको जीवन बीमाको महत्त्व तथा बीमा अभिकर्ताको उज्यालो भविष्य बारे गहन रूपमा प्रकाश पारे ।
साे कार्यक्रम आईएमई लाइफका एमडीआरटी तथा ब्ल्याक डाइमण्ड ग्रुपका अध्यक्ष एवं चिफ एजेन्सी म्यानेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे हाे । कार्यक्रम सञ्चालन सिनियर एजेन्सी मेनेजर राम प्रसाद राईले गरेका थिए । एजेन्सी मेनेजर हेमलाल आचार्यले स्वागत मन्तव्य राखेका थिए । साथै एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर कमल बहादुर गुरूङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
आईएमई लाईफको पहिलो डबल एमडीआरटी मिना गुरुङ, चीफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजरहरू, शाखा प्रमुखहरू तथा शीर्ष टिमको उपस्थिति रहेको उक्त कार्यक्रममा ८५ जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। कम्पनीका अध्यक्ष नगेन्द्र कुमार श्रेष्ठद्वारा कार्यक्रम समापन भएको थियो ।
आर्थिकन्यूज