काठमाडौं । गत साउन २१ गतेदेखि काठमाडौंमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो आज (सोमबार) समापन हुँदैछ । साउन २५ गते (आइतबार) नै समापन हुने भनिएता पनि दर्शकहरुको मागलाई सम्बोधन गर्दै एक दिन थप गरिएको थियो ।
नाइमाले पहिलो पटक मोबिलिटी एक्सपो आयोजना गरेको हो । विगतमा नाडा अटो शो मात्र देख्न पाएका दर्शकले यस पटक नाइमा अटो शो पनि हेर्न पाएका हुन् । उक्त एक्सपोलाई नेपालकै ठुलो अटो शो भनिएको छ । तर, केहीले यो शो विगतमा नाडा अटो शो भन्दा सानो भएको उल्लेख गरेका छन् त कसैले यो शो ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् ।
यसै सन्दर्भमा नेपाल मोबिलिटी इम्पोटर्स एण्ड म्यानुफ्याक्सरर्स एशोसिएशनकी बोर्ड मेम्बर तथा बीवाईडी गाडीको आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग नाइमा एक्सपोबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ श्रेष्ठको नाइमाबारे समीक्षात्मक प्रतिक्रिया ः
मौसमले साथ दियो, पहिलाको भन्दा राम्रो भयो
नाइमा मोबिलिटी एक्सपो विगतको अटो शो भन्दा राम्रो भएको छ । यो पानी पर्ने सिजन हो । तर, मौसमले पनि साथ दियो । नाइमा एक्सपोभर ठुलो पानी परेन जसले अवलोकनकर्तालाई एक्सपोमा आउन सहज बनायो ।
यस पटकको शो क्षेत्र सफा छ । शो भित्र पंखा पनि ठाउँ ठाउँमा राखिएको छ । जसले उकुस-मुकुस हुनबाट बचाएको छ ।
यस पटकको अटो शोमा वास्तविक खरिदकर्ताले नै भिजिट गरेका छन् । त्यो पनि एउटा खुसिको कुरा हो । पहिला आईस भेहिकलहरु धेरै हुन्थे अहिले ईभीमय भएको छ ।
यस पटक विद्यार्थीहरुका लागि लर्निङ सेसन राखिएको छ । जहाँ विद्यार्थीहरुले अटोमोबाईल्सको बारेमा बुझन, जान्न पाएका छन् ।
बजेट फ्रेण्डली गाडीले बीवाईडीमा अवोलकनकर्ताको ध्यान तान्यो
बीवाईडी विशेषगरी मास सेग्मेन्टको प्रोडक्टहरु नेपालमा उपलब्ध छ । विगत देखि नै बीवाईडीको बजेटफ्रेण्डली गाडी ल्याउनुपर्ने माग थियो । सो मागलाई सम्बोधन गर्न यस वर्ष हामिले 'एट्टो-१' ल्याएका छौँ ।
जुन गाडी बजेट फ्रेण्डली छ । तर प्रिमियर फिचर्सहरु लोडेड छ । हाम्रो जस्तो देशमा यस प्रकारको कार एकदमै आवश्यकता छ । त्यही आवश्यकतालाई यस पटक हामीले सम्बोधन गर्न पाएका छौँ ।
हामीले यो गाडी ल्याएको थाहा पाएपछि ग्राहक तथा दर्शकले अपार माया दिनुभएको छ । आएर अवलोकन गर्दे गाडीको लुक्स सहित सबै फिचर्सहरु मन पराउनु भएको छ । केही ग्राहकहरुमा बीवाईडीको गाडीप्रति धेरै विश्वास रहेको पाइयो । ग्राहकहरु आएर २ मिनेटमै बुकिङ पनि गर्नुभएको छ । यो बीवाईडी प्रतिको ट्रस्ट हो ।
पहिला पहिला ईभी भनेपछि सबै फिचर्सहरुको बारेमा अवलोकनकर्तालाई बुझाउनु पथ्र्यो । तर अहिले उहाँहरु आफै जानकार भैसक्नु भएछ । पहिलाको जसरी ब्रिफिङ गर्नु नै पर्दैन ।
टार्गेट भन्दा धेरै बुकिङ
नाइमा शोमा हामिले जति बुकिङ होला भन्ने आशा गरेका थियौँ, या हामीले जति टार्गेट राखेका थियौँ, त्यो भन्दा धेरै बुकिङ भएको छ । बिहान देखि साँझसम्म अवलोकनकर्ताको भिड हुने गरेका कारण जनतामा नाइमा एक्सपोको बारेमा विशेष चासो रहेको मैले महसुस गरे । अवलोकनकर्ताको चासोले गर्दा बुकिङ पनि बढेको हो ।
नाइमा एक्सपोले नेपालको अर्थतन्त्रलाई नै चलायमान गराएको छ । यस किसिमको ईभेन्टले सुतिरहेको अर्थतन्त्रलाई जगाउँने हो । जुन नाइमा एक्सपोले गरेको छ ।
यस्तो एक्सपो ३/३ महिनामा हुनुपर्छ, जुन थाइल्याण्डमा हुन्छ । विश्वका अन्य देशहरुमा पनि वर्षमा २/३ पटक अटो शो हुन्छ । त्यसैगरी, नेपालमा पनि वर्षमा ३/४ पटक एक्सपो आयोजना गर्यो भने अटोमोबाईल इन्डस्ट्रीलाई त राम्रो हुन्छ नै त्यसको प्रत्यक्ष प्रभाव अन्य क्षेत्रमा पनि पर्छन् । जसले अर्थतन्त्र चलायमान हुन मद्दत पुग्छ ।
आर्थिकन्यूज