शीर्षकहरू

रवि लामिछानेलाई कारागारमा आधारभूत सुविधा पनि दिइएको छैन : मानव अधिकार आयोग

रवि लामिछानेलाई कारागारमा आधारभूत सुविधा पनि दिइएको छैन : मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई न्यूनतम् सुविधा पनि नदिएको बताएको छ । आयोग सदस्य लिली थापाको नेतृत्व टोलीले सोमबार भैरहवास्थित कारागारको निरीक्षण गरेको थियो । निरीक्षण पछि आयोग सदस्य थापाले लामिछानेलाई खराब हालतमा राखिएको बताएकी हुन् । 

‘लामिछानेलाई राखिएको कोठामा झ्याल समेत नभएको र बाहिर खुला हावामा पनि जान नदिएको अवस्था छ । लामिछाने भएको कोठामा एसी छैन, झ्याल बन्द गरिएको छ,’ उनले भनिन् ‘सुरक्षाको कारण देखाउँदै उहाँको झ्याल पनि बन्द गरिएको छ । हामीले खुलाउन भनेका छौ ।’

लामिछाने कोठामा दुई वटा पंखा रहेको तर बाहिरबाट हावा आउने ठाउँ नै नभएकाले पंखाको हावाले नपुग्ने अवस्था रहेको आयोगकी सदस्य थापाले बताइन् । शौचालयको अवस्था पनि असाध्यै खराब रहेको र पानीको समेत अभाव रहेको आयोगले जनाएको छ । सरकारले लामिछानेको मानव अधिकारको संरक्षण गरेको नदेखिएको आयोगले स्पष्ट पारेको छ । यस्तै, अदालतले आदेश पछि पनि लामिछानेलाई स्थानान्तरण नगरिएको प्रति आयोगको ध्यानाकर्षण भएको बताएकी छिन् । 

आयोगले लामिछानेको मानव अधिकार संरक्षण नभएको भने पछि केही सञ्चारमाध्यमहरूले भने लामिछाने एसी सहितको सुविधा युक्त कोठामा रहेको समाचार प्रकाशित गरेका छन् ।