शीर्षकहरू

सिटी होटलको ८० प्रतिशत हकप्रद समायोजन पछिको शेयर भाउ कति ?

सिटी होटलको ८० प्रतिशत हकप्रद समायोजन पछिको शेयर भाउ कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिटी होटलको शेयर भाउ समायोजन गरेको छ । नेप्सेले ८० प्रतिशत हकप्रद शेयर जारी प्रयोजनार्थ कम्पनीको शेयर भाउ समायोजन गरेको हो । 

नेप्सेले सिटी होटलको मूल्य समायोजन गर्दै प्रतिकित्ता ५७८.४२ रुपैयाँ कायम गरेको छ । आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ९६१.१५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो होटलको शेयर कारोबारमा आउनेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गरेकाले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न साउन ४ गते अनुमति दिएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

null