काठमाडौं । एनएमबी बैंकको खुद नाफा ह्वात्तै वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा ह्वात्तै वृद्धि भएको हो ।
गत आवमा बैंकले ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ रहेको थियो। तुलनात्मक रुपमा कम्पनीको नाफा ४६.२२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २१ करोड रुपैयाँबाट बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी १ अर्ब ७९ करोड रुपैयाँबाट २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ९ अर्ब ५१ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष १० अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा वृद्धि भएर ४.७२ प्रतिशतमा उक्लिएको छ भने प्रतिशेयर आम्दानी १२.२४ रुपैयाँबाट १७.९० रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १८०.६८ रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ९ करोड ३८ लाख रूपैयाँले ऋणात्मक थियो ।
आर्थिकन्यूज