काठमाडौं । नबिल बैंकको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा वृद्धि भएको हो ।
गत आवमा बैंकले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब १९ करोड रुपैयाँ रहेको थियो। तुलनात्मक रुपमा कम्पनीको नाफा १५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी ३ अर्ब २४ करोड रुपैयाँबाट ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २० अर्ब ३१ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष २१ अर्ब रुपैयाँ पुगेको छ ।
खराब कर्जा ४.४५ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ र वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । प्रतिशेयर वितरणयोग्य नाफा ११.३९ प्रतिशतबाट बढेर १७.६४ प्रतिशतमा उक्लिएको छ ।
आर्थिकन्यूज