भक्तपुर । चाँगुनारायण नगरपालिका दुवाकोटबाट स्रोत नखुलेको नगद पाँच लाख सहित दुई जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका घर भएका २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन् । प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले काभ्रे बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०२- ००३ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आर्थिकन्यूज