शीर्षकहरू

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सागर डिस्ट्रिलरीको आईपीओ खुल्यो

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सागर डिस्ट्रिलरीको आईपीओ खुल्यो

काठमाडौँ । सागर डिस्ट्रिलरी लिमिटेडले पहिलो चरणको आईपीओ आज साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेकाे छ । कमपनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ४५ हजार २०० कित्ता शेयर निष्काशन गरेकाे हो । 

उक्त आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म अवधि थप गरिने कम्पनीले जनाएको छ । न्यूनतम् १० कित्ताका लागि र अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई  जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने कूल १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।