काठमाडौं । प्रभु बैंकको खुद नाफा ह्वात्तै वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९६५.४१ प्रतिशतले वृद्धि हो ।
अघिल्लो आवमा बैंकको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र थियो । सञ्चालन मुनाफा वृद्धि हुदाँ कम्पनीको नाफामा प्रभाव परेको हो । अघिल्लो वर्ष ३ अर्ब १५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले गत वर्ष ६ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन ९९ प्रतिशत बढी हो ।
यसैगरी, वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ३ अर्ब २ करोड रुपैयाँले ऋणात्मक थियो । यससँगै प्रति शेयर वितरणयोग्य मुनाफा ४.४४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो प्रतिशेयर वितरणयोग्य मुनाफा १२.८५ रुपैयाँले ऋणात्मक थियो ।
प्रति शेयर नेटवर्थ १५४.७६ रुपैयाँबाट वृद्धि भएर १६२ रुपैयाँ पुगेको छ भने प्रति शेयर आम्दानी २.१७ रुपैयाँबाट २३.१२ रुपैयाँमा उक्लिएको छ । रिजर्भमा १३ अर्ब ५५ करोड रहेको छ । बैंकको खराब कर्जा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ४.९४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.९६ प्रतिशत पुगेको छ ।
आर्थिकन्यूज