शीर्षकहरू

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।