शीर्षकहरू

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमती

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमती

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ६६.४० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमती पाएको छ ।

१२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो । कम्पनीको चुक्तापूँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ मध्ये कम्पनीले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ ३० पैसा बराबरको हकप्रद शेयर निष्कासन गर्न आयोगबाट अनुमति प्राप्त गरेको हो । अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन प्रक्रिया अघि बढाउनेछ ।

हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको निर्माणका लागि समेत लिएको कर्जा भुक्तानीका लागि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।