काठमाडौं । केहि दिन यता शेयर बजारमा दैनिक ओरालो लागेको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचकसँगै कारोबार रकम समेत घट्दै गएको छ । बुधबार नेप्से परिसूचक १०.५० अंक घटेर २७८५.७४ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ ।
यस दिन माया खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड नाघेको छ।
आर्थिकन्यूज