काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताए ।
काठमाडौँमा आज स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको बताए । अहिले सरकार स्थीर छ, त्यसैले स–साना नीजि क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।
कार्यक्रममा स्वाबलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ । सञ्चार मन्त्री गुरुङले २ लाख रुपैयाँको उक्त पुरस्कार संस्थालाई प्रदान गरे ।
त्यस्तै, २ लाख रुपैया राशीको शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ । स्वालम्बन विकास केन्द्रले प्रदान गर्ने अर्को उत्कृष्ट लघु उद्यमी सदस्य पुरकार उद्यमी, विमला थारु, जमुना घिमिरे र आशा बुढामगरले ५०/५० हजार प्राप्त गेका छन् ।
आर्थिकन्यूज