नाडा अटो शो २०२५’ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ । उक्त अटो शो अहिलेसम्मकै ठूलो र नयाँ हुने नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष करण चौधरी दावी गर्छन ।
यो वर्षको नाडा शो ‘Go for More' भन्ने नाराका साथ आयोजना हुने अध्यक्ष चौधरी बताउँछन् । प्रदर्शनीमा नवीनतम प्रविधि, सवारी साधनका ब्राण्डहरू र अटो क्षेत्रका सबै सरोकारवालाहरू एकै ठाउँमा भेला हुने तथा आफ्ना सवारी साधनको प्रवद्र्धन गर्ने मौका हुने उनी बताउँछन् । यस वर्षको नाडामा नेपालमा नै पहिलो उड्ने कारको प्रदर्शनी हुने उनले जानकारी दिए । उनै अध्यक्ष चौधरीसँग आसन्न नाडा अटो शोका विषयमा केन्द्रीत रहेर आर्थिकन्यूज डटकमले गरेको कुराकानीका सम्पादित अंश :
नाडा अटो शोको तयारी कहाँ पुग्यो ?
नाडा अटो शोको तयारी तिव्र चलिरहेको छ । शोलाई भव्य र विशाल बनाउन नाडाको सबै टिम लागी परेको छ ।
यस पटकको नाडामा नयाँ के देख्न पाइन्छ ?
यस पटकको नाडा अहिलेसम्मको नौलो भव्य हुने छ । यस पटकको नाडा शो भिजिट गर्न भुल्नु भयो भने ठूलो भौका गुमाउनु हुने छ । किन की यस पटकको नाडा यसभन्दा पहिला न यस्तो शो भयो न भविष्यमा होला । त्यस्तो भव्य र नौलो हुने वाला छ । यस पटकको नाडा मात्र मोविलिटी मात्र हुने छैन । यसमा भोलिको मोविलिटी कस्तो हुने छ र यसले कस्तो सम्भाव्यता बोकेको छ भन्ने पनि देख्न र अनुभव गर्न पाइन्छ ।
खासमा यो अटो शो हरेक वर्ष भइरहेको छ यसको उद्देश्य पुरा भइरहेको छ त ?
हरेक वर्षको नाडा शोमा नयाँ केहि न केहि आउने गरेको छ । यसले आम उपभोक्ता र व्यवसायीहरुलाई नयाँ अनुभव दिइरहेको छ । साथै, नाडाको उत्साहले र यसमा उठेका विषयले सरकारलाई नीति तथा नियम बनाउन पनि मद्दत गरेको छ । यो शोले गर्दा नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ बहस छलफलहरु थालनी भएका छन् । यसले गर्दा अटोमोबाइल क्षेत्रमा कामहरु पनि भएका छन् । यस अर्थमा नाडा अटो शो मात्र गाडीहरुको प्रदर्शन होइन । यो बहस छलफल र नयाँ क्षेत्रका थालनी गर्ने थलो बनिरहेको छ ।

यस पटकको नाडाले उपभोक्ता तथा दर्शकलाई तान्ने नयाँ के गर्दै हुनुहुन्छ ?
यस वर्ष रोबोर्ट र दिपलको प्mलाई ट्याक्सी यो शोका अकार्षण बन्ने छन् । यसमा यस वर्ष गाडीको इतिहास पुराना गाडीहरुको प्रदर्शनी पनि हुनेछ । यसमा नयाँ भन्दा नयाँ प्रविधिको मोविलिटीको विकास र यसको गाडीको फाउण्डेसनलाई हामी यस पटकको नाडा शोमा देख्न तथा अनुभव गर्न पाउँछौं । साथै, नेपालमा बनेका सावरी साधनको वृहत प्रदर्शनी पनि हुनेछन् ।
कति वटा स्टलहरु हुने छन् ?
यस पटकको नाडा शोमा १२५ भन्दा बढी स्टलहरु रहनेछन् । यहा १२५ वटा स्टलमा नै नयाँ हरेक दिन नयाँ केहि नकेहि हुनेछन् । र यी स्टलहरुमा गाडीमात्र हुने छैनन् । गाडीसँग गाडीलाई स्याहार गर्ने विधि र यसको सामान पनि हुनेछन् । यीनै स्टलहरुमा एक रुपैयाँदेखि करोडौ मूल्यका बस्तु पनि खरिद गर्न पाइन्छ ।
अर्थतन्त्रका गतिरोधलाई यो नाडाले के दिन सक्ने अनुमान गर्नु भएको छ ?
अर्थतन्त्रलाई चलाइमान र माथि उकास्न चाहिने झिल्को यस पटको नाडा अटो शो बन्नेमा हामी विस्वस्त छौं ।
नाडामा पनि विद्युतीय गाडीकै प्रदर्शन बढी हुने देखिन्छ यो सकारात्मक हो ?
नेपाल विद्युतीय गाडीका लागि उपयुक्त क्षेत्र भएको पुष्टि नेपालमा विद्युतीय गाडीका मागले नै देखाएको छ । यसले गर्दा गाडीहरुको प्रदर्शनीमा पनि जसको माग बढी छ त्यहि नै हुने स्वभाविक नै हो । यो भने र फेरि आइसीइ इन्जिन भएका गाडीका उपभोक्ताहरुका लागि त सदावहार उनीहरुको इच्छा अनुसारका गाडी सधै हुने नै छन् । पछिल्लो तथ्यांक अनुसार विद्युतीय गाडी ७२ प्रतिशत र आइसीइ इन्जिनवालाको २८ प्रतिशत बजार हिस्सा रहेको छ । यसमा कुनको माग कति हुन्छ भन्ने विषय चाहि सरकारको नीतिमा पनि भर पर्छ ।
आर्थिकन्यूज