काठमाडाैँ । नेपालका लागि याडिया स्कुटीको एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया Velax मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ । जस अनुसार अब यसको मूल्य अघिल्लो २ लाख ८५ हजारबाट घटाएर २ लाख ४५ हजार रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
लगातार ८ वर्षसम्म विश्वव्यापी रुपमा नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँन यो अफर ल्याईएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार ३२००W मोटर र १७२ Nm टर्क सहित यसले ६२ किमी/घण्टा को उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ । यसको ३०Ah / ७२V LFP (Lithium Iron Phosphate) ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ।
डिजाइन र सुविधाको दृष्टिले, Velax मा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज | बनाउन क्रूज कन्ट्रोल र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ CBS जस्ता विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ ।
याडियाले Velax मा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष/५० हजार किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ अफर मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ। स्टक सकिएपछि पुनः अघिल्लो मूल्यमा फिर्ता हुने कम्पनीले प्रष्ट पारेको छ।
आर्थिकन्यूज