शीर्षकहरू

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा उच्च वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको विवरण अनुसार खुद नाफा ४०.५३ प्रतिशतले वृद्धि भएको छ । 

गत वर्ष बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी, फी तथा कमिसनबाट हुने आम्दानी र सञ्चालन आम्दानी वृद्धि हुँदा नाफामा प्रभाव परेको हो ।

बैंकको खुद ब्याज आम्दानी १० अर्ब ३ करोडबाट बढेर १० अर्ब ८ करोड पुगेको छ । यसैगरी, फी तथा कमिसनबाट १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्ष फी तथा कमिसनबाट ७२ करोड ६० लाख रुपैयाँ आम्दानी भएको थियो । अघिल्लो वर्ष ११ अर्ब ५४ अर्ब ४८ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी गत वर्ष १२ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ पुगेको छ । 

बैंकको खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशत कायम भएको छ । वितरणयोग्य मुनाफा ३० करोड ३४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २२ करोड २१ लाख रुपैयाँ ऋणात्मक थियो । बैंकले रिजर्भमा ३७ अर्ब ७४ करोड रुपैयाँ राखेको छ । प्रति शेयर सम्पत्ति मूल्य ३५३.३३ रुपैयाँ रहेको छ ।