शीर्षकहरू

एनएलजी इन्स्योरेन्सको खुद नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

एनएलजी इन्स्योरेन्सको खुद नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । एनएलजी इन्स्योरेन्सको खुद नाफा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तुलनात्मक रुपमा हेर्दा यो ९.६६ प्रतिशत वृद्धि हो । 

यो अवधिमा कम्पनीले १ लाख ९९ हजार २६ वटा बीमालेख जारी गरेको थियो, जसबाट २ अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । कम्पनीले गत आवमा ६५ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

कम्पनीको प्रति शेयर आम्दानी ९.५५ रुपैयाँबाट ६.२८ रुपैयाँमा झरेको छ भने प्रति शेयर नेटवर्थ १७७.०६ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य ३४२.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२४.०२ गुणा रहेको छ । 

कम्पनीले ६ अर्ब २५ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये ३ अर्ब २८ करोड दीर्घकालिन र २ अर्ब ९७ करोड अल्पकालीन लगानी हो । अघिल्लो वर्ष ४ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको थियो ।