शीर्षकहरू

नेपाल एसबिआई बैंकको खुद नाफा घट्यो

नेपाल एसबिआई बैंकको खुद नाफा घट्यो

काठमाडौं । नेपाल एसबिआई बैंकको खुद नाफा ९.५४ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरण अनुसार खुद नाफा उक्त प्रतिशतले घटेको हो । 

बैंकले गत वर्ष १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ९९ करोड थियो। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज वृद्धि भएको छ भने सञ्चालन आम्दानी घटेको छ । जसले नाफामा प्रभाव पारेको हो । 

खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर ५ अर्ब २६ करोड पुगेको छ भने इम्पेयरमेन्ट चार्ज ६४ करोड ८३ लाखबाट बढेर १ अर्ब २ करोड पुगेको छ । सञ्चालन आम्दानी नाफा ३.६२ प्रतिशतले घटेर २ अर्ब ७३ करोडमा झरेको छ ।

बैंकको वितरणयोय मुनाफा १ अर्ब २३ करोड, वितरणयोग्य प्रति शेयर आम्दानी ११.२९ रुपैयाँ, प्रति शेयर आम्दानी १६.५४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १८८.५९ रुपैयाँ र खराब कर्जा ३.३५ प्रतिशत रहेको छ।

१० अर्ब ८९ करोड रुपैयाँ पूँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ४२ करोड रहेको छ। यस अवधिसम्ममा बैंकले १ खर्ब ९९ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३४ अर्ब कर्जा लगानी गरेको छ।