शीर्षकहरू

नेपाल बैंकको खुद नाफा १३ हजार प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

नेपाल बैंकको खुद नाफा १३ हजार प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौं । नेपाल बैंकको खुद नाफा १३ हजार १८५ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा उक्त मात्रामा वृद्धि भएको हो । 

गत वर्ष बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ८४ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन आम्दानी र खुद ब्याज आम्दानी बढ्दा नाफामा प्रभाव परेको हो ।

सञ्चालन आम्दानी ६९२.४३ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड पुगेको छ भने खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड रुपैयाँमा उक्लिएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम भने ४ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १३ करोडमा झरेको छ । 

बैंकको वितरणयोय मुनाफा भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो मुनाफा ९६ करोड ५० लाख रुपैयाँले ऋणात्मक थियो । प्रति शेयर आम्दानी २५.६८ रुपैयाँ, प्रति शेयर नेटवर्थ २५९.८१ रुपैयाँ र खराब कर्जा ४.४७ प्रतिशत रहेको छ।

बैंकले रिजर्भमा २३ अर्ब ९३ करोड राखेको छ । गत वर्ष ३ खर्ब ३२ अर्ब निक्षेप संकलन गरेको बैंकले २ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ।