शीर्षकहरू

दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको केन्द्रीय कार्यालयमा आज बिहीबार आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणका लागि २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा २२ लाख ९६ हजार ४ सय ६५ जनाबाट २ करोड ६४ लाख ९८ हजार ५ सय ९० कित्ताको लागि आवेदन परेको थियो । 

आवेदन दिनेमध्ये २२ लाख ८३ हजार २ सय २६ जनाको आवेदन योग्य भएको थियो। जसमध्ये २ लाख ४२ हजार ३ सय १२ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यस्तै, ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।