काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३१.०२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १३५.८४ रुपैयाँ छ ।
कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
आर्थिकन्यूज