काठमाडौं । सानिमा क्यापिटलका २ वटा फन्डहरुले लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डले लाभांश दिने भएका हुन् ।
जसमध्ये सानिमा ग्रोथ फन्डले १५.७९ प्रतिशत नगद लाभांश (कर सहित) र सानिमा लार्ज क्यापले २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
लाभांश प्रयोजनका लागि भदौ ६ गते बुक क्लोज हुँदैछ । भदौ ५ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्छन् ।
आर्थिकन्यूज