शीर्षकहरू

माउन्ट एभरेष्ट डिष्टिलरीले साढे १२ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

माउन्ट एभरेष्ट डिष्टिलरीले साढे १२ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौँ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरीका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ।

२०६५ सालमा स्थापना भएको यस कम्पनीले ब्लेन्डेड मदिरा, इ.एन.ए. स्पिरिट, र DWGS BiProduct उत्पादन गर्दै आइरहेको छ। हाल कम्पनीले 7OUP र 50UP जस्ता ब्रान्डहरू उत्पादन गर्दै आएको छ र चाँडै 25UP, 30UP, र 40UP अन्तर्गतका नयाँ प्रिमियम मदिरा ब्रान्डहरू पनि बजारमा ल्याउने योजना बनाएको छ।