शीर्षकहरू

अन्नपूर्ण न्यूरो  हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अन्नपूर्ण न्यूरो  हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं ।  काठमाडौं  महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० देखि १५ प्रतिशतसम्मछुट पाउने  भएका छन । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पीटल मा प्राप्त गर्न  सकिनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो  हस्पीटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल  तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरे ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।