काठमाडौँ । नेपालमा एथर एनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले एथर रिटा Z लाइभ गिभअवेको विजेता घोषणा गरेको छ । यस गिभअवेको भाग्यशाली विजेता शालिक बनेका छन्।
उनलाई यो इलेक्ट्रिक स्कुटर सोमबार, १८ अगस्ट २०२५ मा आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
उनी NAIMA मा आयोजित “विन द रिज्टा” अभियानको विजेता बनेका हुन । परिवारमुखी डिजाइन, सुरक्षा, विशाल स्टोरेज र स्मार्ट प्रविधिको संयोजनका साथ एथर रिज्टा Z ले भारतमा जस्तै अब नेपालमा पनि आफ्नो वर्गमा नयाँ मापदण्ड कायम गरिरहेको छ।
सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा 2 एथर एनर्जीको परिवार - केन्द्रित श्रेणीको प्रमुख मोडेल हो । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन्, २.९ kWh र ३.७ kWh ।
जसले अधिकतम १६० किमि सम्मको IDC प्रमाणित दायरा दिन्छ, र सबै भेरियन्टको शीर्ष गति ८० किमि/घण्टा हुन्छ।
आर्थिकन्यूज