शीर्षकहरू

सुनचाँदी पसलमा छापाको सुनचाँदी व्यवसायीद्धारा विरोध

सुनचाँदी पसलमा छापाको सुनचाँदी व्यवसायीद्धारा विरोध

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित गहवामाई मन्दिर नजिक सञ्चालित “दीपसन एण्ड सानवी ज्वेलर्स”मा बिहीबार दिउँसो प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालको नेतृत्वमा गएको प्रहरी टोलीले करिब दिउँसो २ः३० बजे पसलमा प्रवेश गरी तीन घण्टा लामो छानबिन गरेको हो । प्रहरीका अनुसार,बिलबिजक विना सुन–चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उक्त छापा मारिएको हो ।

छापामारीको क्रममा पसल सञ्चालक दीपक सर्राफसँग खरिद–बिक्रीका बिलबिजक माग्दा प्रस्तुत विवरणमा कैफियत देखिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खरिद गरिएको सुनको परिमाण बिक्रीभन्दा बढी देखिए पनि मौज्दातमा त्यो अनुपातमा सुन फेला परेन । यसपछि प्रहरीले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई बोलाएर बिलबिजकहरू थप अनुसन्धानका लागि जिम्मा लगाएको थियो ।

यद्यपि, पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले भने प्रहरीले आफ्नो कार्यक्षेत्र नाघेको दाबी गरे । उनले राजश्व संकलन र हिसाब–किताबको काम राजश्व कार्यालयको अधिकार क्षेत्र भएको भन्दै प्रहरी आफैंले त्यो जिम्मेवारी लिएकोमा आपत्ति जनाए । अध्यक्ष सर्राफले भने, “प्रहरीले सूचना पाएको भए सम्बन्धित निकाय तथा व्यवसायीसँग समन्वय गर्नुपथ्र्यो । यस्तो छापा प्रहरीको ज्यादती मात्र हो ।” घटनाको जानकारी पाएपछि स्थानीय सुनचाँदी व्यवसायी र कालीगढहरू घटनास्थलमा भेला भएर प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए।