शीर्षकहरू

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आइपीओ आउँदै

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आइपीओ आउँदै

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । 

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नरेश कुमार रोका ले हस्ताक्षर गरेका छन । 

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले २०८० जेष्ठ ८ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी २०८० असार ३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आईरहेको छ । 

बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि.न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिलाई बीमा सेवा प्रदान गर्दै आएको कम्पनीको दावी छ । हाल कम्पनीले सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयहरु मार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।