काठमाडौ । दीपलले नयाँ क्रसओभर एसयूभी एस-०५ नेपालमा दुई भेरियन्टमा गाडी नेपालमा सार्वजनिक गरेको छ । दिपल उत्पादन गर्ने चांगानको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच दीपल एस-०५ को सार्वजनिक गरेको हो ।
दीपल एस-०५ प्लस र म्याक्स भेरियन्ट जसमध्ये लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको कम्पनीले जनाएको छ ।
विश्वप्रसिद्ध आइएफ डिजाइन अवार्डबाट सम्मानित दीपल एस०५ मा बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एईडी टेल लाइट दिइएको छ । सेग्मेन्ट लिडर फिचरमा जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोड सहितको क्विन को-पाइलट रहेको छ ।
दीपल एस-०५ मा ९९ किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ । यसले ३२० न्युटन मिटर टर्क दिन्छ । यसमा ५६.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री जडान भएको छ । जसले सिंगल चार्जमा ४७० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
आर्थिकन्यूज