शीर्षकहरू

९० अर्बको बन्यो नेशनल लाइफको जीवन बीमा कोष, नाफा कति ?

९० अर्बको बन्यो नेशनल लाइफको जीवन बीमा कोष, नाफा कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्सको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरण अनुसार नाफामा ५६ प्रतिशतको गिरावट आएको हो । 

अघिल्लो वर्ष कम्पनीले ९४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष यस्तो नाफा घटेर ४१ करोड २८ लाख रुपैयाँमा झरेको छ । कम्पनीको महाविपत्ति कोष भने वृद्धि भएको छ । अघिल्लो वर्ष ६२ करोड ३५ लाख रुपैयाँ रहेको यस कोषमा गत वर्ष ६६ करोड ७२ लाख रुपैयाँ रहेको छ । यसैगरी जीवन बीमा कोष पनि ७९ अर्ब १ करोडबाट बढेर ८९ अर्ब ९१ करोडको बनेको छ । 

गत वर्ष कम्पनीले ५ लाख १२ हजार ९९० जनाको बीमा गरेको थियो । हल कम्पनीको सक्रिय बीमितको संख्या १५ लाख १९ हजार ७४५ जना रहेका छन् । कम्पनीले हालसम्म ७६ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ ।  प्रति शेयर आम्दानी ७.९२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२९.७२ रुपैयाँ, पीई रेसियो ७८.७३ गुणा र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ८८६.७० रुपैयाँ रहेको छ ।