शीर्षकहरू

एलआईसी नेपालको नाफा ६२ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

एलआईसी नेपालको नाफा ६२ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको खुद नाफा ह्वात्तै घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको विवरण अनुसार खुद नाफा ६१.९३ प्रतिशतले घटेको हो । 

गत आर्थिक वर्षमा कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ८२ करोड ९६ लाख रुपैयाँ थियो । 

गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३२ अर्ब २९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा १ खर्ब १९ अर्ब २२ करोड रुपैयाँ थियो । 

कम्पनीले हालसम्म १ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये ९३ अर्ब ३२ करोड रुपैयाँ दीर्घकालिन र २४ अर्ब १ करोड रुपैयाँ अल्पकालीन लगानी रहेको छ । अघिल्लो वर्षसम्म कम्पनीको यस्तो लगानी १ खर्ब २० करोड रुपैयाँ थियो । 

कम्पनीको प्रति शेयर आम्दानी ह्वात्तै घटेको छ । अघिल्लो वर्ष १५.७५ रुपैयाँ रहेको प्रति शेयर आम्दानी गत वर्षमा ५.७४ रुपैयाँ झरेको छ । 

पीई रेसियो १५४.८२ गुणा, प्रति शेयर नेटवर्थ १८७.४७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य २ हजार ६५०.४६ रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले १९ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ ।