शीर्षकहरू

साउन सुरु भएपछि चार हजार ३८ हजार हेक्टर जमिनमा रोपाई सकियो

साउन सुरु भएपछि चार हजार ३८ हजार हेक्टर जमिनमा रोपाई सकियो

काठमाडौं । साउन महिना सुरु भएपछि मुलुक भर चार लाख ३८ हजार हेक्टर जमिनमा रोपाइँ भएको भएको छ । कृषि विभागको तथ्यांक गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म आठ लाख १६ हजार हेक्टर जग्गामा धान रोपाइँ भएको थियो । साउन २५ गतेसम्म १२ लाख ५४ हजार हेक्टर जग्गामा रोपाइँ भएको विभागको तथ्यांक छ ।

साउन लागेपछि कोशी प्रदेशमा एक लाख ४६ हजार र मधेश प्रदेशमा एक लाख ५९ हजार हेक्टर जग्गामा धान रोपाइँ भएको छ । गत वर्ष असार मसान्तसम्म ६७ प्रतिशत जग्गामा र साउन मसान्तसम्म आइपुग्दा ९८ प्रतिशत जग्गामा धान खेती भएको थियो ।

अहिले असार मसान्तसम्म ५९ प्रतिशत जग्गामा रोपाइँ सकिएको थियो । साउन २५ सम्म आइपुग्दा ९१ प्रतिशत पुगेको विभागले जनाएको छ । विभागका अनुसार धान रोपाइँ योग्य जमिन १३ लाख ७९ हजार हेक्टर छ ।