शीर्षकहरू

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो अस्पताल नयाँ दिल्लीबीच विशेष छुट सम्झौता

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो अस्पताल नयाँ दिल्लीबीच विशेष छुट सम्झौता

काठमाडौं । कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो अस्पताल (इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड) नयाँ दिल्लीबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्न दुबैपक्षविच सम्झौता गरिएको हो ।

सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई सेवा सुविधामा अधिकतम १०प्रतिशतसम्मको विशेष छुट प्रदान गरिने भएको छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै, देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ ।

बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधारका साथ थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गरिने अठोट व्यक्त गरेको छ ।