शीर्षकहरू

श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरूलाई श्रम वैधानिकीकरण

श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरूलाई श्रम वैधानिकीकरण

काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूलाई श्रम वैधानिकीकरण सुरु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकोबीच नेपाली दुतावास साउदी अरेबियाबाट श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूलाई श्रम वैधानिकीकरण सुरु गरिएको हो ।

विगत आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइएको र महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकीकरण कार्यलाई स्वीकृति प्रदान हुन् । 

कार्यक्रममा बोल्दै श्रममन्त्री शरद सिंह भण्डारीले अहिले लाखौं नेपालीहरू श्रमको शिलशिलामा विभिन्न बाटोबाट विभिन्न मुलुकमा रहेको अवस्थामा विभिन्न कागजी कठिनाइले वैधानिकीकरण हुन नसक्ने र पाउनुपर्ने अधिकारबाट बन्चित रहेको बताए । यस्तो अवस्थामा सरकारले वैदेशिक रोजगारमा रहेका श्रमीकहरुको हितका लागि वैधानिकीकरणको काम गरिरहेको बताए ।

त्यस्तै उनले खाडी मुलुकमा जाने सुरुवात साउदी अरेबियाबाटै भएको बताउँदै अरेबियामा दुई पक्ष सम्झाैता गर्न एक दशक देखि धेरै प्रयासहरू गरिरहेको बताए ।