काठमाडाैं । बागमती प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार भएकाे छ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे जिम्मेवारीमा मधुसूदन पौडेल आएका छन् भने शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हाल्ने भएका छन् । यस्तै, किरण थापामगरले स्वास्थ्य मन्त्रालय, उर्मिला नेपालले युवा तथा खेलकुद मन्त्रालय र कन्चन चन्द्र वादेले सामाजिक विकास मन्त्रालय सम्हाल्ने भएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी डा. दिनेशचन्द्र देवकोटाले पाउँदा आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ आएका छन् । भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृष्ण कुमार तामाङले खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय, विन्दु श्रेष्ठले उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र बिनु रायमाझी पौडेलले सहकारी तथा गरिबी निवारण मन्त्रालयकाे जिम्मेवारी पाएकी छिन् ।
आर्थिकन्यूज