शीर्षकहरू

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

हाल कायम संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिइएकाले यो शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले के कति रकममा शेयर खरिद गर्ने हो सोसमेत खुलाई ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाटमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।