शीर्षकहरू

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई जोय स्टोरमा आईफोन किन्दा विशेष छुट

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई जोय स्टोरमा आईफोन किन्दा विशेष छुट

काठमाडौं। प्रभु बैंकका कर्मचारी र ग्राहकले न्युरोडस्थित जोय स्टोरको सेवा सुविधामा विशेष छुट पाउने भएका छन्। बैंकका कर्मचारी र ग्राहकले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५-२० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

क्रेडिट कार्ड प्रयोगकर्तालाई इन्स्ट्रापे योजनाबाट किस्ताबन्धी सुविधा पनि पाउने बैंकले जनाएको छ।

उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठले सयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।