शीर्षकहरू

विषाक्त मादक पदार्थका कारण कुवेतमा मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

विषाक्त मादक पदार्थका कारण कुवेतमा मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

काठमाडौं । विषाक्त मादक पदार्थ सेवनका कारण कुवेतमा मृत्यु हुने नेपाली श्रमिकको संख्या ११ पुगेको छ । उपचार गराई रहेका मध्ये थप दुई जना नेपालीको मृत्यु भएको दूतावासका श्रम सहचारी गिरी प्रसाद आचार्यले बताए । 

गत मंगलबार विषाक्त मादक पदार्थ सेवन पछि नेपाली, बंगाली र भारतीय गरी १६० जना भन्दा बढी श्रमिक विरामी परेको कुवेत सरकारले जनाएको छ । गत शुक्रबारसम्म कुवेत सरकारले २३ जनाको मृत्यु भएको जनाएको थियो ।

हस्पिटलमा भर्ना भएकामध्ये १५ जना नेपाली गम्भीर अवस्थामा रहेको नेपाली दूतावासले जनाएको छ । अन्य भने उपचार भएपछि डिस्चार्ज भएका छन् । मृतक श्रमिकको भने मेडिकल रिपोर्ट आउन बाँकी भएको औपचारिक रुपमा मृत्युको कारण खुलाउन नसकिएको श्रम सहचारी आचार्यले बताए । 

कुवेतमा मादक पदार्थ सेवा पूर्ण रुपमा प्रतिबन्ध छ । प्रतिबन्धका बावजूद पनि आप्रवासी श्रमिकहरूले गैरकानुनीमा मादक पदार्थ उत्पादन गर्ने र विक्री वितरण गर्दै आएका छन् । यसरी नै उत्पादन भएको मादक पदार्थ सेवनबाट आप्रवासी श्रमिकको मृत्यु भएको हो ।