शीर्षकहरू

'शरद ओझा बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अयोग्य ठहर'

'शरद ओझा बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अयोग्य ठहर'

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति अवैध रहेको ठहरिएको छ । छानबिन समितिले ओझाको योग्यताका सम्बन्धमा छानबिन गर्न बनेको समितिले उनको योग्यताका लागि पेश गरेका कागजात नक्कली रहेकोे निष्कर्ष निकालेको हो । उक्त निष्कर्ष सहितको प्रतिवेदन समितिले आइतबार अर्थ मन्त्रालयलाई बुझाएको छ । 

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेकोका समिति सरकारले बनाएको थियो । ओझाको नियुक्तिमा प्रयोग गरिएका कागजातका विषयमा विवाद भएपछि मन्त्रिपरिषद्को असार ३० गतेको उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । 

ओझालाई सरकारले फागुन १२ गते बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्ति दिएको थियो । तर, नियुक्तिको क्रममा ओझाले पेस गरेको अनुभवको प्रमाणपत्रमा कीर्ते गरेको पाइएको भन्दै उनको नियुक्तिविरुद्ध अख्तियारमा उजुरीदेखि अदालतमा रिटसमेत परेको थियो ।