शीर्षकहरू

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आइतबार तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ८ सयले वृद्धि भएको छ। 

यस दिन एक तोला सुनको भाउ एक लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तालामा ५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार यस दिन चाँदीको मूल्य २ हजार ३ सय १५ रुपैयाँ पुगेको छ । हिजो आइतबार चाँदीको भाउ २ हजार ३ सय १० रुपैयाँ थियो ।