शीर्षकहरू

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पशुपति पौडेल नियुक्त भएका छन्। साउन ३१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि लागु हुने गरि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यस अघिका सीइओ विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाउदै राजीनामा दिएका थिए, उनको रेग्मीले राजीनामा दिएपछि कम्पनीले पौडेललाई सीईओमा नियुक्त गरेको हो ।