शीर्षकहरू

ह्युन्डाईको गाडी किन्दा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

ह्युन्डाईको गाडी किन्दा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधै झैँ यस वर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ। नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन ह्युन्डाईले “दशैं–तिहार, १० गुणा उपहार”  अफर घोषणा गरेको छ।

यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइने कम्पनीले जनाउको छ । जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ।