काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुमा सात खर्ब ७७ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह तीन खर्ब ६३ अर्ब रुपैयाँले बढेको छ । बाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणसम्ममा बैंकहरुले ६४ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चैत मसान्तसम्ममा बाणिज्य बैंकहरुमा ५६ खर्ब ६५ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो । गत आवको चैत अन्त्यसम्ममा भने बैंकहरुमा ६ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।
समीक्षा अवधिमा बैंकहरुमा संकलन भएको निक्षेप रकमको आधारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अग्रपंक्तिमा छ । सो बैंकमा गत आवमा पाँच खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १२.९६ प्रतिशत (६३ अर्ब १७ करोड) ले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकमा चार खर्ब ८७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।
दोस्रोमा नविल बैंक परेको छ । नबिल बैंकमा गत आवको अन्त्यसम्ममा पाँच खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३.५३ प्रतिशत (६२ अर्ब ५२ करोड) ले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकमा चार खर्ब ६२ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।
राष्ट्रिय बाणिज्य बैंकमा पाँच खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६.६० प्रतिशत (७१ अर्ब २२ करोड) ले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकमा चार खर्ब २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकमा चार खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.०९ (६८ खर्ब ९३ करोड) ले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकमा चार खर्ब तीन खर्ब ४१ करोड रुपैयाँ संकलन भएको थियो ।
कुमारी बैंकमा तीन खर्ब ६४ खर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९.४६ (३१ अर्ब ५२ करोड) ले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकमा तीन खर्ब ३३ खर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।
गत आवको बैकहरुमा भएको निक्षेप संकलनको वृद्धिलाई आधार मान्ने हो भने एभरेष्ट बैंक अग्रपंक्तिमा छ । समीक्षा अवधिमा बैंकमा निक्षेप संकलन २८ प्रतिशतले वृद्धि भएको छ । सो बैंकमा गत आवमा दुई खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ जम्मा भएको छ । एनएमवि बैंकमा निक्षेप संकलन २५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकमा दुई खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । प्राइम बैंकमा २४ र कृषि विकास बैंकमा निक्षेप संकलन २० प्रतिशतले वृद्धि भएको छ ।
८ प्रतिशतले बढ्यो बाणिज्य बैंकहरुको कर्जा प्रवाह
गत आवमा बाणिज्य बैंकहरुको कर्जा प्रवाह ८ प्रतिशतले वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा बाणिज्य बैंकहरुले ४८ खर्ब ५५ अर्ब ३८ करोड रुपैयाँ कर्जा वितरण गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने बैंकहरुले ४४ खर्ब ९१ अर्ब ८५ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।
समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले चार खर्ब २७ अर्ब ५८ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले तीन खर्ब ८३ खर्ब १८ करोड रुपैयाँ कर्जा वितरण गरेको थियो ।
नबिल बैंकल भने चार खर्ब २६ अर्ब ९९ करोड कर्जा वितरण गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले तीन खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ कर्जा वितरण गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले समीक्षा अवधिमा तीन खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ कर्जा वितरण गरेको थियो । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले तीन खर्ब १७ अर्ब ७२ करोड रुपैयाँ वितरण गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंकले तीन खर्ब चार खर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १८.१८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले दुई खर्ब ५७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
लक्ष्मी बैंकले दुई खर्ब ८३ अर्ब २७ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम १०.९१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले दुई खर्ब ५५ अर्ब ४० करोड कर्जा वितरण गरेको थियो ।
बाणिज्य बैंकको सम्पति १२ प्रतिशतले बढ्यो
एक वर्षमा बाणिज्य बैंकहरुको सम्पति १२.४७ प्रतिशतले बढेको छ । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार गत आवको असारमसान्तसम्ममा बाणिज्य बैंकहरुको सम्पति ७७ खर्ब ७६ खर्ब ८५ करोड रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा आठ खर्ब ७९ अर्ब १ करोडले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुमा ७१ ख्र्ब २७ अर्ब ६९ करोड रुपैयाँ बराबरको सम्पति थियो ।
समीक्षा अवधिमा एभरेष्ट्र बैंकको सम्पति सबैभन्दा धेरै २३ प्रतिशतले वृद्धि भएको छ । एनएमबी बैंकको १९ प्रतिशत, प्राइम बैंकको १८ं.७८ प्रतिशत, नेपाल बैंकको १७ प्रतिशत, इन्भेष्टमेन्टको १५ प्रतिशतले बढेको छ ।

आर्थिकन्यूज