शीर्षकहरू

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  साउन ३० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ ३) अन्तिम दिन हो । 

लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

 २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।