काठमाडौं । वरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । असार ३१ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । जेठ २१ गतेसम्म नेपाल स्टक एक्स्जेञ्ज (नेप्से)मा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
आर्थिकन्यूज