काठमाडौं । खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ ।
यस अनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो।
अब असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन पाउने छन्। कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन किनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंक इन्टरनेशनलको कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सकिनृ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ।
आर्थिकन्यूज