शीर्षकहरू

एनएमबि बैंकले नाडा अटो शोमै अटो लोन योजना सार्वजनिक गर्यो

एनएमबि बैंकले नाडा अटो शोमै अटो लोन योजना सार्वजनिक गर्यो

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र सञ्चालन गर्ने जनाएको छ । साथै, आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ ।

इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो अफर विशेष अवसर हुने बैंकको दाबी छ । वातावरण मैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाएको छ ।

यस अफरबारे थप जानकारी नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल नं इ–२४ मा सम्पर्क गरेर लिन सकिनेछ । बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ वटा विस्तारित काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।