काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीले सबै सावारी साधन खरिदका लागि आवश्यक पर्ने कर्जाको सिमा बढाउन माग गरेका छन् । आजदेखि शुरु भएको नाडा अटो शोको उद्घाटनका क्रममा उनले भने,‘ मोबिलिटी क्षेत्र सरकारको सारथिका रुपमा रहेकाले राज्य यसलाई जगाइरहन पनि ग्राहकलाई सहजीकरण गर्न पर्छ ।’
मोबिलीटि क्षत्रले युवाहरुलाई रोजगारी दिनका साथमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाखौलाई रोजगारी र व्यापार व्यवसायको सारथि बनेको बताए । सरकारले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामा अटो क्षेत्रको कर्जाको सिमाका बारेमा विचार गर्नेमा आशावादी रहेको बताए ।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष चौधरी उनले भने, ‘हामी ९० प्रतिशत अटो व्यवसायीलाई प्रतिनिधित्व गर्छौ ।’ यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए ।
अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।

आर्थिकन्यूज