राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन डि को कमी भएको छ । स्वास्थ्यमा समस्या देखिए पछि लामिछानेलाई सोमबार स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।
रगत परीक्षणको रिपोर्टले लामिछानेलाई भिटामिन डि को कमी भएको ट्रमा सेन्टरका डा.जितेन्द्र प्रसाद यादव जानकारी दिएको रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन् । रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको डा.यादवले जानकारी दिएको उनले बताएका छन् । उनलाई गत शनिबार मात्रै रुपन्देहीबाट काठमाडौं ल्याइएको थियो ।
चिकित्सकहरुको अनुसार भिटामिन डि को कमीको कारण शरीर कमजोर हुने, हिडडुल गर्न नसक्ने, हड्डी खिइने, मानसिक अवस्था कमजोर हुने, रोगसँग लड्ने क्षमता कमजोर हुने, स्मरण शक्ति हराउँदै जाने लगायतका जटिल समस्या हुन्छ । यसको उपचारको लागि दैनिक कम्तिमा १५ मिनेट काममा बस्नुपर्छ । भिटामिट डि पाइने खाने कुरा खानुपर्छ ।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादव सभापति लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको पार्टीका प्रवक्ता झाले बताएका छन् ।
आर्थिकन्यूज