शीर्षकहरू

अब उड्ने कार नेपालमा नै बनाउनु पर्छ : प्रधानमन्त्री ओली

अब उड्ने कार नेपालमा नै बनाउनु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नै उड्ने कार बनाउनु पर्ने बताएका छन् । मंगलबार देखि काठमाडौंमा सुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्रीले ओलीले नेपालीले नै उड्ने कार बनाउनु पर्नै बताएका हुन् ।

अटो शोमा राखिएको उड्ने कारको अनावरण गर्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकका संग्राहालयमा उड्ने कार राख्ने गरिएको बताए । ‘अब नेपालीले उड्ने कार बनाएर विदेश निर्यात गर्नुपर्छ,’ उनले भने ।

नाडा अटो शोका लागि एमए डब्लु वृद्धिले दिपाल इभीटीओएल उड्ने कार नेपाल भित्राएको छ । सो कार प्रदर्शनीका लागि मात्रै  ल्याइएको हो । उड्ने कार लागि नेपालमा हालसम्म कुनै कानुन छैन ।